कैलालीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, एकजना गम्भीर घाइते

कैलालीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, एकजना गम्भीर घाइते

कैलाली : ट्रक र मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन् ।

बर्दगोरिया गाउँपालिका-४, निमुवाबोझीमा से १ ख ९४५ नम्बरको ट्रक र सुपप्र ०१/००८ प ४४७४ नम्बरको मोटरसाइकल एकआपसमा ठाेक्किएका थिए।

दुर्घटनामा मोटरसाइकलमा सवार जोशीपुर गाउँपालिका-६ का २१ वर्षीय शेरबहादुर डगौराको घटनास्थलमै मृत्यु भएको कैलाली प्रहरीले जनाएकाे छ।

मोटरसाइकल चालक जोशीपुर-८ का परशुराम डगौरा गम्भीर घाइते भएका छन्। उनकाे घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

ट्रक र चालकलाई बौनिया प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए।