निर्मला हत्या काण्ड : निर्मलाका स-परिवार जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने

निर्मला हत्या काण्ड :  निर्मलाका स-परिवार जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने

कञ्चनपुर : कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको सयदिन भन्दा बढि भइसक्दा पनि हत्यारा सार्वजनिक नगरेको भन्दै निर्मलाको परिवारले जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने घोषणा गरेको छ ।

आइतबार भीमदत्त नगरपालिका–२ उल्टाखाम स्थित निर्मलाका बाबु यज्ञराजले घरमै पत्रकार सम्मेनलको आयोजना गरी  कार्तिक २५ देखि प्रशासनको मुल गेटमा अनिश्चिकालिन धर्नामा बस्ने घोषणा गर्नुभएको छ । 

आफुलाई वास्तविक हत्यारा र न्याय चाहिएको बताउँदै उहाँले न्याय नपाएसम्म आन्दोलन जारी राख्ने बताएका छन ।अनुसन्धानका नाममा प्रहरीले घरपरिवार, आफन्त र छरछिमेकीलाई मानसिक यातना मात्र गरिरहेको उहाँको आरोप रहेको छ ।

न्याय ओझेलमा परेको भन्दै महिला अगुवा हेलन श्रेष्ठ नेतृत्वको दवावमुलक संघर्ष समिति र अधिकारकर्मी मिना भण्डारी नेतृत्वको नागरिक संघर्ष समितिले छठ पर्वसम्म आन्दोलन स्थगित गरेका थिए ।

भीमदत्त नगरपालिका न्याय समिति सदस्य एव अधिकारकर्मी महिला अगुवा सन्तोषी साउदले सरकारले बलात्कार जस्तो जघन्य घटनामा उदाशिनता देखाएको कारण वास्तविक हत्यारा पत्ता नलागेको गुनासो गर्नुभयो ।साभार : नया पत्रिका