दार्चुलामा लकडाउनको समयमा १७ वर्षीय बालिकामाथि जबरजस्ती

दार्चुलामा लकडाउनको समयमा १७ वर्षीय बालिकामाथि जबरजस्ती

दार्चुला : दार्चुलामा लकडाउनको समयमा एक १७ वर्षीया बालिकामाथि जबरजस्तीकरण भएको छ । जिल्लाको दुहुँ गाउँपालिका‐४ का ३२ वर्षीय गणेश लोथ्यालले व्याँस गाउँपालिका‐४ सुन्सेराकी १७ वर्षीया सपना (नाम परिवर्तत) गरिएकी बालिकामाथि जबरजस्तीकरणी गरेका हुन् ।

बैशाख २९ गते विहान ४ बजेतिर बर्तबन्धमा गएकी सपनालाई लोथ्यालले जबरजस्तीकरणी गरेको पिडितका आफन्तले आरोप लगाएका छन् । साथै लोथ्याल विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जबरजस्तीकरणी विरुद्ध मुद्दा दर्ता गरिएको छ ।

पिडितका आफन्तले दिएको जाहेरीका आधारमा मंगलवार मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए । पीडित बालिका मानसिक रुपमा अपाङ्ग रहेको समेत उहाले बताए ।