नेपालमा पनि कोरोना तब्रि रुपमा फैलिदै, फेरी थप १७ जनामा कोरोना पुष्टि, संक्रमित २०८ पुगे

नेपालमा पनि कोरोना तब्रि रुपमा फैलिदै, फेरी थप १७ जनामा कोरोना पुष्टि, संक्रमित २०८ पुगे

मंगलबार एकै दिन ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार साँझ थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनायो ।

यसअघि आज दिउँसो ५७ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा हालसम्म २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो १७ जनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

यसअघि देखिएका ५७ सङ्क्रमित भएका मध्य सबैभन्दा बढी पर्सामा ३९ जना छन् । यो पहिलोपटक नेपालमा सबभन्दा बढी सङ्क्रमण देखिएको सङ्ख्या हो । यसअघि हिजो एकैपटक २४ जनामा सङ्क्रमण देखिएको थियो ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट आज रुपन्देहीमा नौ, पर्सामा ३९, कपिलवस्तुमा आठ र बारा जिल्लामा एकजनामा सङ्क्रमण देखिएको हो ।