कोरोना संक्रमितको संख्या बढेपछि बारामा निषेधाज्ञा जारी

कोरोना संक्रमितको संख्या  बढेपछि बारामा निषेधाज्ञा जारी

 मध्य तराईको बारा र पर्सामा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ ।
कोरोना संक्रमित बिरामीहरुको बढ्दो संख्यालाई मध्यनजर राख्दै पर्सा जिल्लाको वीरगञ्जबाट बारा जिल्लामा सञ्चालन हुने सवारी साधन पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेको छ ।

क्राइसिस मेनेजमेन्ट सेन्टरको मंगलबार बसेको बैठकले संक्रमणको जोखिमलाई मध्यनजर राख्दै स्थानीय प्रशासनबाट जारी भएका सिकिस्त बिरामी प्रयोजन बाहेकका हस्तलिखित तथा ई–पास समेत भोलिदेखि खारेज गर्ने निर्णय गरेको छ ।

भारतसँग सीमा नाका जोडिएका ठाउँहरुबाट आवात जावतमा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ भने अत्यावश्यक काम बाहेक अन्य कामका लागि कोही पनि घरबाट बाहिर ननिस्कन रोक लगाएको छ ।