एभरेष्ट बैंक दिपायलमा कार्यरत कर्मचारीद्वारा लकडाउनमा राहत सहयोग

एभरेष्ट बैंक दिपायलमा कार्यरत कर्मचारीद्वारा लकडाउनमा राहत सहयोग

एभरेष्ट बैंकमा कार्यरत कर्मचारीहरूले आफ्नो पारिश्रमिकबाट संकलन गरेको राहत दिपायलमा हस्तान्तरण गरेका छन् ।
बैंकका देशभरका शाखामा कार्यरत कर्मचारीहरूले पारिश्रमिकबाट राहत रकम जुटाएका थिए । सोही रकममध्येबाट दिपायल सिलगढी नगरपालिका-४ मा अति विपन्न परिवारहरूलाई राहत प्रदान गरिएको छ ।

मंगलवार वडाध्यक्ष विरेन्द्र शाह र बैंकको दिपायल शाखाका अपरेशन ईन्चार्ज दीपकुमार चौधरीले संयुक्त रूपमा वडाका २५ अति विपन्न परिवारलाई राहत वितरण गरे ।

वितरण गरिएको राहतमा चामल, दाल, तेल र पिठो रहेको अपरेशन ईन्चार्ज चौधरीले बताए । बैंकका कर्मचारीहरूबाट उपलव्ध राहतले नगरपालिका र नगरबासीलाई सहयोग पुगेको वडाध्यक्ष शाहले बताए । उनले भने,’नगरक्षेत्रको हाम्रो वडामा विपन्न, भूमिहिन र ज्याला मजदुरी गरेर खानेको संख्या अधिक छ । सबैलाई राहत पुर्याउन नसकिएको अवस्थामा बैंकका कर्मचारीले गरेको यो सहयोग अतुलनिय छ ।’