महेन्द्रनगरको एक होटलबाट चार जना जुवाडे पक्राउ

महेन्द्रनगरको एक होटलबाट चार जना जुवाडे पक्राउ

 
कंचनपुर :   महेन्द्रनगर गल्ली नम्बर ४ मा रहेको होटल न्यू अन्नपूर्णबाट  जुवातास  खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छ्न ।मङ्गलबार  जुवातास खेलिरहेकै अवस्थामा  वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज मोहन जंग बुढथापा नेतृत्वको टोलीले  उनिहरुलाइ  पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिहरुको नाम भने गोप्य राखिएको छ । 
 नेपाल सरकारले कोरोना संक्रमणको खतरालाई नियन्त्रण गर्नका लागि लागू गरिएको लकडाउनका बेला महेन्द्रनगरका केही होटल भित्रभित्रै सन्चालनमा ल्याइ मदिरा बेचबिखन तथा यौन धन्दा चलाइरहेको गुनासो बढेपछी वडा प्रहरी कार्यालय महेन्द्रनगरले छड्के चेकजाँच गरेको हो । 


होटलहरुले लकडाउनका समयमा  समयमा यौनधन्दा, मदिरा बिक्रि वितरण एवं  जुवातास जस्ता अनैतिक कृयाकलाप गरेर  कोरोना संक्रमणको खतरा  निम्त्याईरहेको गुनासो बढेपछि प्रहरीले चेकजाँचमा कडाइ गरेको वडा कार्यालय इन्चार्ज  इन्स्पेक्टर बुढ्थापाले बताएका छ्न । 
 नेपाल सरकारले लागू गरेको लकडाउनको उल्लंघन गरि होटल सन्चालन जुवातास खेल्ने र खेलाउनेहरुलाइ आवस्यक कार्बाही गरेर मात्रै छोड्नुपर्ने स्थानियले जनाएका छ्न ।  कोरोना संक्रमणले    पुरै विश्व संकटमा परेका बेला  कोरोना नियन्त्रण अभियानको आफ्नो उत्तरदायीत्वलाइ बिर्सेर  यस्ता काम गर्ने जोकोहिलाइ पनि कडा कार्बही गरिनुपर्ने स्थानियले बताए ।