दोलखा केन्द्रविन्दु भएर मध्यरातमा ५.३ रेक्टर स्केलको भूकम्प

दोलखा केन्द्रविन्दु भएर मध्यरातमा ५.३ रेक्टर स्केलको भूकम्प

दोलखा केन्द्रविन्दु भएर मंगलबार मध्यराति ५.३ रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको गौरिशंकर गाउँपालिका जुँगु आसपास केन्द्र भइ मंगलबार राति ११ बजेर ५३ मिनेटमा भूकम्प गएको हो ।

भूकम्पको धक्का सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुरआसपासका जिल्लामा महसुस गरिएको छ ।मध्यरातमा दोलखा हल्लाएपछि स्थानीयहरुले होहल्ला गर्दै घर बाहिर निस्किएका छन् । भूकम्पबाट भएको क्षतिबारे थप विवरण आउन बाँकी छ ।