आज ११ बजेदेखि नेकपा स्थायी कमिटी बैठक बस्दै

आज ११ बजेदेखि नेकपा स्थायी कमिटी बैठक बस्दै

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ। नेकपा महासचिव विष्णु पौडेलका अनुसार बिहान ११ बजे धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बैठक डाकिएको छ।

सरकारको नीति तथा कार्यक्रममा सुझाव दिन र मुलुकको पश्चिमी सिमानाको भूभाग अतिक्रमण गरेर भारतले सडक निर्माण गरेको विषयमा छलफल गर्न बैठक बोलाइएको पौडेलले जानकारी दिए।

यसअघि २५ वैशाखका लागि बोलाइएको स्थायी कमिटी बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको सल्लाहमा अन्तिम घडीमा स्थगित गरिएको थियो।