सशस्त्र प्रहरी बलले दार्चुलाको ब्यास गाउँपालिका–१ छाङ्गरुमा आफ्नो बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ । सरकारले ४ पुस २०७६ मा गरेको निर्णय अनुसार बुधबार सशस्त्रको २५ जनाको टोलीलाई छाङ्गरुमा तैनाथ गरिएको हो ।
सशस्त्रका एआईजी नारायणबाबु थापा, गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार डा. ईन्द्रजित राई तथा प्रेस सल्लाहकार किरण भट्टराई समेत लगायतले बीओपी उद्घाटन गरेका हुन् ।