एनसेलले ल्यायो मोबाइल क्लास डाटा प्याक यसरी लिनुस्

एनसेलले ल्यायो मोबाइल क्लास डाटा प्याक यसरी लिनुस्

एनसेलले घरमा बसिरहेका विद्यार्थीहरूलाई लक्षित गरेर मोबाइल क्लास डाटा प्याक ल्याएको छ।लकडाउनले गर्दा घरमा विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुन सहयोग हुने गरी १६ जीबी डाटा भोलुमको प्याक अफर ल्याएको एनसेलले बताएको छ।

एनसेलले आज जारी गरेको विज्ञप्तिअनुसार, विद्यार्थीले करसहित १९१ रूपैयाँ ५४ पैसा तिरेर उक्त प्याक प्रयोग गर्ने सकिने बताइएको छ। सात दिनमा उक्त डाटा प्याक प्रयोग गरिसक्नुपर्ने एनसेलले बताएको छ।

यसअन्तर्गत विद्यार्थीहरूले  चार जीबी अल टाइम डेटा (थ्रिजी, फोरजी) र दुई जीबी भिडिओ डाटाको फाइदा लिन सक्नेछन्। चार जीबीको अल टाइम डाटा प्याक भने जुनसुकै नेटवर्कमा प्रयोग गर्न सक्ने र दुई जिबी भिडिओ प्याकअन्तर्गत युट्युब, आइफिल्क्स र अन्य गुगल सर्भिसहरू प्रयोग गर्न सक्ने एनसेलले बताएको छ। त्यसैगरी, माइक्रोसफ्ट टिम्स् प्रयोग गर्नका लागि १० जीबी डेटा रहेको एनसेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

*17123*20# डायल गरी वा अंग्रेजीको सानो अक्षरमा ईडीयू टाइप गरी १७१२३ मा एसएमएस पठाएर यो प्याक लिन सक्ने एनसेलले बताएको छ। त्यसैगरी, एनसेलको एपबाट पनि यो प्याक खरिद गर्न सक्ने बताइएको छ।