लकडाउनमा थप कडाइ, यी सवारीलाई भने चाहिँदैन पास

लकडाउनमा थप कडाइ, यी सवारीलाई भने चाहिँदैन पास

केहि दिनयता खुकुलो देखिएको लकडाउन आजदेखि झन कडा हुने भएको छ । लकडाउनका बखत घर बाहिर निस्कन र सवारी साधन सञ्चालन गर्न कडाई गरिने भएको हो ।

काठमाडौं उपत्यकामा पनि कोरोना भाइरस संक्रमित देखिएपछि उपत्यकामा पनि लकडाउनलाई कडाई गर्न लागेको हो । सरकारले जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयबाट जारी हुने पासमा कडाई गरेको छ । यसअघि जारी गरिएका पास सबै रद्द गरिएका छन् । आजबाट लागु हुने गरी पुराना पास सबै रद्द भएका छन् । पास विना पनि निश्चित व्यक्ति र सवारी साधनले विना आवागमन गर्न पाउनेछन् ।

जसमध्ये एम्बुलेन्स, शवबाहन र दमक, कुटनीतिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग, प्रेस काउन्सिलबाट जारी भएको प्रेस पास प्राप्त सञ्चारकर्मीहरु, स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्स, फार्मासिस्ट प्रयोगशालामा कार्यरत प्राविधिक, अस्पतालमा कार्यरत कर्मचारीहरु, औषधी उत्पादन ढुवानी र विक्री वितरणमा संलग्न हुने जनशक्तिहरु, खानेपानीको मर्मत सम्भार र वितरणमा संलगन जनशक्ति, फोहोरमैला व्यवस्थापनमा परिचालित जनशक्ति रहेका छन् ।

यसैगरी ठूला खाद्य स्टोरमा कार्यरत जनशक्ति, अत्यावश्यक वस्तु तथा ढुवानी गर्ने मालबाहक सवारी साधनहरुलाई पास चाहिने छैन् । यद्यपी उनीहरुले अनिवार्य आफ्नो कर्मचारी परिचय पत्र साथमा लिएको हुनुपर्नेछ । यसबाहेक अन्य क्षेत्रमा लागि गृह मन्त्रालयले तोकेबमोजिमको पास लिनुपर्नेछ ।