कपिलवस्तुमा भेटिएका कोरोना संक्रमित मध्ये चार जना सुरक्षाकर्मी

कपिलवस्तुमा भेटिएका  कोरोना संक्रमित मध्ये चार जना सुरक्षाकर्मी

कपिलवस्तुमा भेटिएका  कोरोना संक्रमित मध्ये चार जना सुरक्षाकर्मी भएको पाइएको छ ।

उनीहरु मध्ये दुई जना नेपाल प्रहरीका सई र हवल्दार छन् भने एक जना सशस्त्र प्रहरी बलका सई र अर्का एक जना राष्ट्रिय अनुसन्धान विभागका असई छन् ।

उनीहरु कपिलवस्तुमा यसअघि भेटिएका कोरोना संक्रमितको सम्पर्कमा रहेको स्रोतको भनाइ छ ।

स्रोतले भन्यो, ‘उहाँहरु कोरोना संक्रमितको स्वाब संकलन लगायतका प्रक्रियामा खटिनु भएको थियो ।