भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २५ सय ४९

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २५ सय ४९

भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २५ सय ४९ पुगेको छ । स्वास्थ्य मन्त्रालयले भारतका विभिन्न राज्यमा संक्रमितको संख्या ७४ हजार तीन पुगेको पुष्टि गरेको छ । 

भारतमा गएको चौबीस घण्टामा तीन हजार सात सय २२ नयाँ संक्रमित देखिएका छन् भने एक सय ३४ संक्रमितको मृत्यु भएको छ । 
 
स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्रमा नौ सय ७५, मध्य प्रदेशमा दुई सय ३२, गुजरातमा पाँच सय ६६, दिल्लीमा एक सय ६, तमिलनाडुमा ६४, तेलंगानामा  ३४, आन्ध्र प्रदेशमा ४७, कर्नाटकमा ३३, उत्तर प्रदेशमा ८३, पन्जाबमा ३२, पश्चिम बंगालमा दुई सय सात, राजस्थानमा एक सय २१ जना संक्रमितको मृत्यु भएको छ ।

संक्रमितमध्ये २६ हजार दुई सय ३५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।