धनगढी नगरभित्र राहतमा कुहिएको चामल वितरण गर्नेलाई कारवाही गर्न अनेरास्ववियू कैलालीको माग

धनगढी नगरभित्र राहतमा कुहिएको चामल वितरण गर्नेलाई कारवाही गर्न अनेरास्ववियू कैलालीको माग

धनगढी : अनेरास्वावियू कैलालीले धनगढी उप–महानगरपालिकामा कुहिएको चामल वितरण गर्नेलाई कारवाही गर्न माग गरेको छ । लकडाउनका कारण समस्यामा परेहकाहरुलाई राहतमा कुहिएको चामल वितरण गरेको भन्दै अनेरास्वावियू कैलालीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

अनेरास्वावियूले प्रेस विज्ञप्ती जारी गर्दै कुहिएको चामल वितरण गरेर दैनिक ज्यालादारी गरिखाने वर्गहरुको जनस्वास्थ्यमाथि खेलवाड गरेको भन्दै विरोध जनाएको हो । अनेरास्ववियू कैलालीका संयोजक कुमार बडैला र सह–संयोजक समिर जोशीद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘वितरण गरेको भनिएको चामल पनि कुहिएको फेला परेको हुँदा यस्तो निन्दनीय कार्यप्रति आपत्ति प्रकट गर्दछौं ।’

सत्यतथ्य छानबिन गरी दोषीमाथी कारवाहीको माग समेत गरिएको छ ।  साथै विभिन्न जिल्लाबाट धनगढीमा कोठा भाडामा लिएर बस्दै आएका विद्यार्थीहरुलाई धनगढी उपमहानगरपािलिकाले राहत नदिएको प्रति ध्यानाकर्षण समेत गराईएको छ ।