थप एक जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २४६ पुग्यो

थप एक जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २४६ पुग्यो

थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार भरतपुर अस्पताल कोभिङ-१९ प्रयोगशाला, भरतपुरमा गरिएको परीक्षणमा ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

नवलपरासी (ब.सू.पू), देवचुली न. पा. - १२ का ती व्यक्तिमा संक्रमण देखिएको हो। उनी अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्। 

यस अगाडि बिहीबार बिहान पनि २ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ। मन्त्रालयकाअनुसार काठमाडौं, चन्द्रागिरी निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीया बालिकालाई संक्रमण देखिएको हो। घाँटी दुख्ने समस्याले सताएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी ६ वर्षीय बालिकामा कोरोना संक्रमण भेटिएको हो।

 बालिकाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा परीक्षण गरिएको थियो। बालिकालाई अहिले शिक्षण अस्पतालको आइसोलेसनमा राखिएको छ। उनलाई संक्रमण देखिएसँगै उपचारमा संलग्न चिकित्सक क्वारेन्टाइनमा बसेका छन्।