धनगढीमा लकडाउनको उल्लंघन गर्ने १३५ व्यक्ति सहित १०१ सवारी साधन कारवाहीमा

धनगढीमा लकडाउनको उल्लंघन गर्ने १३५ व्यक्ति सहित १०१ सवारी साधन कारवाहीमा

धनगढी : धनगढीका बिभिन्न स्थानबाट लकडाउनको उल्लंघन गर्ने एक सय ३५ व्यक्ति सहित एक सय एक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सरकारले गरेको लकडाउनलाई पालना नगरेको भन्दै धनगढी बजार क्षेत्रबाट आज सवारी साधन सहित मानिसहरुलाई पनि नियन्त्रणमा लिईएको हो । उक्त सवारी साधन र व्यक्तिहरुलाई दुई घण्टापछि छोडिएको प्रहरीले जनाएको छ ।

लकडाउन उल्लंघन गरेको आरोपमा पक्राउ परेकाहरुलाई दुई घण्टा सडक मै उभ्याईएको र आगामि दिनमा उल्लंघन नगर्ने शर्तमा छोडेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । 

नेपालमा कोरोना संक्रमित बढ्न थालेपछि प्रहरीले लकडाउनमा फेरी कडाई गर्न थालेको छ ।