सुदुरपश्चिम प्रदेश संकट ब्यबस्थापन केन्द्रको बैठक सम्पन्न

सुदुरपश्चिम प्रदेश संकट ब्यबस्थापन केन्द्रको बैठक सम्पन्न

धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा सुदूरपश्चिम संकट व्यवस्थापन केन्द्रको बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको संयोजकत्वमा विहिबार बसेको बैठकले कोरोना भाइरसका विषयमा छलफल गरको हो ।

बैठकमा सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमणको पछिल्लो अवस्था बारेमा समिक्षा गरिएको बताइएको छ । त्यस्तै उक्त भाईरसको सम्भावित संकट को पुर्ब आकलन र तयारी गर्ने विषयमा पनि छलफल भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिव ओलीले जनकारी दिए ।

बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकास शाह, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वड र कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।