बोलन्या थलीद्धारा दिउसै ७ सय ५० टुक्की बालेर सरकारको खोजी !

बोलन्या थलीद्धारा दिउसै ७ सय ५० टुक्की बालेर सरकारको खोजी !

धनगढी : पश्चिम सेती निमार्णका लागी दबाब दिँदै आएको बोलन्या थलीले आज डोटीको दिपायलमा रहेको सेती पुलमाथि ७ सय ५० टुक्की बालेर सरकारको विरोध गरेको छ । 

बझाङ, बैतडीको ढुंगाढ र डोटीको बिच भागमा पर्ने तलार क्षेत्रमा निर्माण हुने भनिएको ७५० मेगावाटको पश्चिम सेतीको बेला बेलामा चर्चा हुने गरेको भएपनी कार्यान्वयन भने अझै हुन सकेको छैन ।

आश्वासनका २८ वर्ष पश्चिम सेती कहिले बन्छ ? आजको रोगलाई त जितौला भोलिको भोकलाई के गरौला ? रिभर्स “माईग्रेशनको व्यवस्थापन गरौँ, पश्चिम सेती लागु गरौँ भन्दै दिउसै ७ सय ५० टुक्की बालेर सरकारको खोजी गरेको हो ।

बोलन्या थलीकोको आयोजना नेपाल उद्योग बाणिज्य संघ डोटी र होटल व्यवसायी संघको समन्वयमा बिहिवार दिउसो १२ बजे ७ सय ५० टुक्कि बालेर सरकारको खोजी गरेको बोलन्या थलीका संयोजक यादब जोशीले बताए । उनले आउँदो बजेटमा पश्चिम सेतीलाई समावेश गरी निर्माण थाल्नुपर्ने माग सहित दिउँसै टुकी बालिएको बताए।

यस अघि पनि काठमाण्डौँको माइतीघर मण्डलामा पश्चिम सेती जलविद्युत आयोजना निर्माणमा ढिलाइ भएपछि नागरिक स्तरबाट माइतीघर मण्डलमा ‘आश्वासन अति भो, धैर्य गर्ने कति होरु, आश्वासनका २२ वर्ष पश्चिम सेती कहिले बन्छरु, हिजो आशा र्मयो, आज जवानी मर्दैछ, भोलि सपना मर्नेछ लगायत नारासहित कचौरा लिएर माइतीघर मण्डलमा प्रदर्शन ,सुदूरपश्चिमबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल र सङ्गीत सङ्घर्ष कार्यक्रम गरिसकेको छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुदूरपश्चिम प्रदेश बाट १ लाख चिठ्ठी सङ्कलन समेत गरेको थियो । पश्चिम सेती निमार्णको लागी दबाब आफू निरन्तर अघि बढ्ने बोल्या थलीका संयोजक जोशीले बताए ।यस लगत्तै ७५० डोकासहित डोटीमा प्रदर्शन र ७५० नागरिक ७५० मिनेट अनशन  बस्ने समेत जोशीले बताए ।