लकडाउन कडा जिल्लाभित्र पनि जारी गरिएका सवारी पास समेत खारेज

लकडाउन कडा जिल्लाभित्र पनि जारी गरिएका सवारी पास समेत खारेज

७७ वटै जिल्ला प्रशासन कार्यालयहरुबाट जारी भएका सबै पास गृह मन्त्रालयले खारेज गरेको छ । जेठ ३ गतेदेखि लागू हुने गरी सम्बन्धीत जिल्ला भित्र र बाहिर आवगमन गर्न दिइएका सवारी पास खारेज गरिएको मन्त्रालयका सह-प्रवक्ता उमाकान्त अधिकारीले बताए ।

अबदेखि लिइने पासहरु गृह मन्त्रालयको अनुमतिमा मात्रै जारी गरिने उनले बताए । प्रेसको हकमा सूचना विभागबाट जारी गरिएको पासबाट आवगमन दिइने उनले बताए ।

मन्त्रालयले यसअघि जिल्ला बाहिरका लागि जारी गरिएका पासहरु यसअघि नै मन्त्रालयले खारेज गरिसकेको छ ।