कोरोना आशंकामा स्वाव संकलन गरिएका सुदूरपश्चिमका एक सय तीन जनाको परिक्षण रिपोर्ट आयो

कोरोना आशंकामा स्वाव संकलन गरिएका सुदूरपश्चिमका एक सय तीन जनाको परिक्षण रिपोर्ट आयो

धनगढी : सुदूरपश्चिमको धनगढी प्रयोगशालामा आज १०३ जनाको कोरोना परीक्षण गरिएको छ । प्रयोगशालाका अनुसार आज परिक्षण गरिएका सबै जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

यस्तै प्रदेशभरी पछिल्लो २४ घण्टामा एक सय नौँ जनाको नमुना संकलन गरिएको छ भने हिजो र आज गरी एक सय ९२ जनाको नमुना परीक्षण गर्न बाँकी छ । यस्तै सुदूरपश्चिम प्रदेशभरी पछिल्लो २४ घण्टामा चार सय ६१ जनार्को यापिड टेस्ट गरिएको छ ।

¥यापिड टेस्ट गर्दा आज पनि एक जनामा एन्टिबडी देखिएकोमा पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।