नेपालमा थप एकजनाले कोरोना जिते, निको हुनेको संख्या कति ?

नेपालमा थप एकजनाले कोरोना जिते, निको हुनेको संख्या कति ?

बिहीबार विराटनगरको कोरोना अस्पतालबाट थप एकजना डिस्चार्ज भएका छन्। कोरोना भाइरस (कोभिड–१९) नेगेटिभ नतिजा आएपछि डिस्चार्ज हुनेमा भारतका २५ वर्षीय मोहम्वद अदुबकर सुल्तान रहेका छन्। 

सुल्तान डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १७ पुगेको छ। यसअघि १६ जना डिस्चार्ज भएका थिए। 

बिहीबार डिस्चार्ज भएका सुल्तानमा गत वैशाख ५ गते उदयपुरको भुल्केमा संक्रमण देखिएको थियो। उनलाई रानी मरकजको क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा कोभिड अस्पताल व्यवस्थापन संयोजक ज्ञानबहादुर बस्नेतले जानकारी दिए।

अस्पतालमा अब १८ जना उपचाररत रहेका छन्। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। प्रदेश १ मा ३५ जनामा संक्रमण देखिएको थियो।

उदयपुरमा ३२, झापामा २ र भोजपुरमा १ जनामा संक्रमण देखिएको थियो। नेपालभर भने संक्रमितको संख्या २४६ पुगेको छ। यो सँगै नेपालमा निको हुने हुनको संख्या ३६ पुगेको छ ।