नेपाल सरकार लाई प्रवासी नेपालीका यी ४ सुझाव (बुदाँगत रुपमा)

नेपाल सरकार लाई प्रवासी नेपालीका यी ४ सुझाव (बुदाँगत रुपमा)

 कोरोना भाइरस (कोभिड १९) बाट संसार रोहिरहेको बेला आफ्नो मातृभुमिमा सरकारको बच्पना देखि दुख लागेर दुई चार शब्द लेख्न बाध्य भएको छु ।

संसार भरि कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण बाट छ्ट्पटिएको मानवजाती लाई अरु देशको स्थानीय सरकारले कुनै कसुर नराखी आफ्नो नागरिकलाई कसरि बचाउने र जोखिम मुक्त गर्नको लागि अहोरात्र खटिरहेको हामी सबैलाइ अवगत छदैछ,तर दुर्भाग्य हाम्रो देशका नेताहरु लाई जनता भन्दा आफ्नो पद, आफ्नो कुर्ची प्यारो लागिरहेको हामी सबैले बुझेका छौ ।

दिन प्रतीदिन कोरोना संक्रमित को संख्या बडिरहेको छ नेपालमा, तर सरकार व्यवास्था गरिरहेको छ,निदाइरहेको छ,आफ्ना देशका नागरिक हरु भोक भोकै मरिरहेका छ्न,आत्माहत्या गर्न बिवश  भएका समाचारहरु बाहिर आइरहदा अन्यन्त दुख लागिरहेको छ,अझैपनी सरकारले तल्काल यस्ता आन्तरिक खिचातानी लाई ब्यबस्था गर्दै तल्काल शिक्षा स्वास्थ तथा विभिन्न निम्न कुरामा ध्यान दिन जरुरी छ ।                            

  1.  विदेशमा रहेका नेपाली राजदुताबाँस हरु तत्काल बन्द गर्न र त्यहा स्थित महाबाणिज्य दूतहरुलाई आधिकारिक बनाइ दुई देश बिचको समन्वय गराउने यस कार्य बाट देशको ढुकुटी धेरै बचत हुने मेरो बिश्वास छ । 

  2.  बर्तमान परिवेसलाई ध्यानमा राखेर मन्त्री परिषद् सानो गर्ने हाललाई रक्षा ,गृह ,अर्थ,स्वास्थ ,परराष्ट्र ,सामान्य प्रशासन मन्त्रालय गरि ६ मन्त्रालय बाट प्रमुख रुपमा सन्चालन हुने बाकी तिनै मन्त्री परिषद ले  पनि काम चलाउन सकिन्छ,यो स्थितिमा माननीय सांसद हरुको जिम्मेवारी कुनै नभएको हुनाले केन्द्रका र प्रदेशका सरकारका सांसद हरुको सेवा सुबिधा कटौती गरि  राज्यको ढुकुटी संचित गर्ने प्रदेश सरकारको तत्काललाइ  सबै स्थानिय तह  र केन्द्रको ६ ओटा मन्त्रालयबाट काम काज चलाइ अरबौ रुपैया बचाउन सकिन्छ । 

  3.  पूर्वप्रधानमन्त्री ,प्रधानन्यायाधिस समेत विभिन्न ब्यक्तिहरु लाई प्रदान गर्दै आएको सुरक्षागार्ड सुबिधा कटौती गरि उनिहरुलाइ सिमाक्षेत्रमा खटाइ ,अनियंत्रित आगन्तुक हरुलाइ रोक्ने काममा लगाउने,हाम्रो नेपालको मुख्य आयस्रोत भनेको रेमिटान्स ,पर्यटन र दातृ सहयोग भयकोले आगामी केही बर्ष कुनै पनि पैसा नेपाल भित्र्याउन सकिने संभावना नदेखिएको हुनाले ,माथिका निम्न कुरा हरु लाई यथासिध्र ध्यान दिन जरुरि ठान्दछु ।                 

  4. अहिले को समय भनेको कोरोना बाटबाट देश तथा जनतालाई बचाउनु र देश भाइरस मुक्त बनाउनु हो,यस संकटकालिन अबस्थामा आफ्नो पावर र पदलाई जनताको जिबनमा सुरक्षाको निम्ति काम गर्नु नै ठुलो धर्म हो र बिदेशमा बस्ने नेपाली नागरिक हरुलाइ आफ्नो देश तथा नेपालमा रहनु हुने आफन्त हरुलाइ अर्को ब्यवस्था नभए सम्म आर्थिक सहयोगको अपिल गर्ने र जो रकम सहयोग बाट प्राप्त हुन्छ त्यो रकम नागरिक अघुवाहरुको रोहबरमा खर्च गर्न लगाइ मानव कल्याणकारी काममा सघाउने र सहयोगी मन हरुलाइ उच्च सम्मान गर्ने, जसले यो आपातकालिन घडिमा आफ्नो नेपाल आमा रोइरहदा सक्नी भयर पनि सहयोग गर्दैनन् भने उनिहरुको लेखाजोखा गरि नेपाल स्थित अचल सम्पती राज्यले जफत गरि उक्त सम्पत्ति मानव कल्याणकारी काममा लगाउन समेत अनुरोध गर्न चाहान्छु । 

जय देश, जय पशुपती नाथ        

सेबा नै धर्म हो, आफू बाचौ र अरुलाइ पनि बचाउ ।           
नर बहादुर टन्ड्न 
अध्यक्ष
क्यानडा नेपाल टुरिजम एण्ड  कल्चर ट्ेड । 
क्यानडाका लागी पर्यटन दुत, नेपाल पर्यटन र्वोड
हाल क्यानडा

(यि लेखकका निजी विचार हुन्।)