यस्तो मोवाइल फोन जसले पत्ता लगाउछ कपडाभित्रको कुरा

यस्तो मोवाइल फोन जसले पत्ता लगाउछ कपडाभित्रको कुरा

वनप्लसले गत महिना सार्वजनिक गरेको वनप्लस ८ प्रो मोबाइलले  कपडाभित्रको अवस्था पनि पत्ता लगाउने दावी गरिएको छ ।

उक्त मोवाइलमा जडान गरिएको विशेष प्रकारको क्यामरा सेन्सरले पातला प्लास्टिक र कपडाहरू पछाडी के छ भनेर पनि हेर्न सकिने दावी गरिएको हो ।

पातला प्लास्टिक र कपडाको सतह पछाडी के छ भनेर सजिलै हेर्न मिल्ने फिचरलाई यस स्मार्टफोनको क्यामरामा समावेश गरिएको कम्पनीले जनाएको छ ।

उक्त मोडलाई सुचारु गर्न भने वनप्लस ८ प्रोको क्यामरा एप खोलेर फिल्टर मोडलाई फोटोक्रोममा चयन गरेपछि मात्रै सो फिचरले काम गर्ने कम्पनीले जनाएको छ ।

उक्त स्मार्टफोनबाट सबै कपडाहरूको पछाडी के छ भनेर हेर्न नमिले पनि पातला कपडा र IR शिल्ड नगरिएको प्लास्टिक पछाडी के छ भनेर हेर्न सम्भव भएको एन्ड्रोइडपिटले जनाएको छ ।

तस्विर खिच्न कै लागि भनेर स्मार्टफोनको क्यामरामा आइआर सेन्सर पहिलो पटक प्रयोग भएको दावी गरिएको छ ।