कोभिड अपडेट : थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५८ पुग्यो

कोभिड अपडेट : थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५८ पुग्यो

धनगढी । नेपालमा थप नौँ जनामा कोरोना (कोभिड) १९ संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ५८ पुगेको छ । 

पछिल्लो पटक काठमाडौँ र नेपालगञ्जमा गरिएको परीक्षणमा थप नौँ जनामा संक्रमण पुष्टि भएको हो।

मकवानपुरका ३७ बर्षीय पुरुष, बाकेका १८, २०, २२, २५, २५, २७, ३२ र २६ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डाक्टर समिर कुमार अधिकारीका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ भने उनीहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा छन्।