मलाइ राहत दे सरकार

मलाइ राहत दे सरकार

छ ठूलो घर , कमाइ राम्रै छ ।

पुग्छ खान लाउन , सबै राम्रै छ ।।

कमि केही छैन घरमा , भनौ राम्रै छ ।

धन छ्डैछ घरमा, इज्जत राम्रै छ ।।

 

रासन टन्नै छ घरमा , छैन कमि खानाको ।

छ पैसा बैंकमा पुग्ने जति , छैन अभाव केहिको ।।

मिठो मीठो खान्छु सधै , डर छैन कसैको ।

पास लेको छु जान्छु घुम , रोकतोक कसैको छैन ।।

 

किनकि बोकेको झण्डा, पहुच छ बनेको ।

चिनेको छु मान्छे, सम्बन्ध छ बनेको ।।

दिएको छु चन्दा, योगदान छ दिएको ।

गरेको छु सहयोग, सबथोक छ दिएको ।।

 

गरिवहरु मरे मरुन, धनी मर्न हुन्न ।

मजदुरहरु भोकै रोउन, कार्यकर्ता रुन हुन्न ।।

रोगिहरुको के चिन्ता, चन्दादाता आफ्ना हुन्न ।

धनी बाचे फाइदा होला, गरिव केनै गर्ने हुन्न ।।

 

भोटहरु किन्दा पाउछस चिन्ता नगर सरकार ।

मासु अनि दारुमा पाइन्छ भोट धेरै नसोच सरकार ।।

धनिलाइ खुवाए तै मोटाउछस साच्चै भन्या सरकार ।

सबथोक दिने साथी पाउछस हेर है सरकार ।।

 

इज्जत छ समाजमा मेरो भित्रवाटै दे ।

गरिवहरु आउछन् माग्न लुकाएरै दे ।।

राहत दिन मिल्दैन भनी सताएरै दे ।

नानाथरी बहाना गरि फकाएरै दे ।।

विकास पाठक , धनगढी