रुसमा कोरोना भाइरसले २५ सयको मृत्यु, २ लाख ७२ हजार संक्रमित

रुसमा कोरोना भाइरसले २५ सयको मृत्यु, २ लाख ७२ हजार संक्रमित

विश्वमा साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट रुसमा २ हजार ५३७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ११९ जनाको मृत्यु भएको भने ९ हजार २०० जनामा संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ४३ पुगेको छ ।

२ लाख ६ हजार ३४० जनाको उपचार भइरहेको छ भने ६३ हजार १६६ जना संक्रमणमुक्त भएका छन्।