कोरोना भाइरस : विश्वभर ४७ लाख संक्रमित, ३ लाख १२ हजारको मृत्यु

कोरोना भाइरस : विश्वभर ४७ लाख संक्रमित, ३ लाख १२ हजारको मृत्यु

साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख १२ हजार ३११ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ४७ लाख १४ हजार ७५७ जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये १८ लाख ९ हजार ७२३ जना संक्रमण मुक्त भएका हुन् । बितेको २४ घण्टामा ४ हजार १५७ जनाले ज्यान गुमाएका छन् भने ९३ हजार ३४८ जनामा संक्रमण पुष्टि भएको छ ।

२५ लाख ९२ हजार ७२३ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४४ हजार ८४१ जनाको अवस्था गम्भीर छ ।

आइतबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६१ हजार ६७२ जनाको मृत्यु भएको छ । १७ लाख ६१ हजार ३५५ जना संक्रमित भएकोमा ७ लाख ५५ हजार ५२५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १ हजार ८३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १६ लाख ५८ हजार २१८ पुगेको छ । यस्तै एसियाली मुलुकहरुमा २४ हजार २९० जनाको मृत्यु भएको छ । ७ लाख ७८ हजार ४७ जना संक्रमित भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा २२ हजार ४०६ जनाको मृत्यु भएको छ । ४ लाख २४ हजार ५०२ जना संक्रमित भएका छन् । अफ्रिकी मुलुकहरुमा २ हजार ७२६ जनाको ज्यान गएको छ भने ८३ हजार २७६ जना संक्रमित छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११९ जनाको मृत्यु भएको छ । ८ हजार ६३८ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको महामारीको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ८९ हजारभन्दा बढीको मृत्यु भएको छ । १५ लाख ५ हजार ६८४ जना संक्रमित भएका छन् ।