हात्ति पिडितले बुझाए मुख्यमन्त्रिलाई ज्ञापनपत्र (ज्ञापनपत्र सहित)

हात्ति पिडितले बुझाए मुख्यमन्त्रिलाई ज्ञापनपत्र (ज्ञापनपत्र सहित)

कञ्चनपुर : कञ्चनपुर जिलाको दक्षिण पुर्वी क्षेत्रमा पर्ने भारतिय सिमासगं जोडिएको पुर्नवास नगरपालीकामा बर्षेनी स्थानिय बासिन्दा जङगली जनावर हात्तीबाट पिडित हुदै आएका छन ।

दुधुवा निकुञ्ज वन्यजन्तु पिडित संघर्ष समिति जिल्ला कार्य समिति कञ्चनपुरले आज स्थानियमागहरु सम्बन्धमा सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्रि त्रिलोचान भट्टलाई ज्ञापनपत्र बुझाएका छन ।

उनिहरुले भारतिय दुधुवा राष्ट्रिय निकुञ्ज तथा सिमाका प्रभावहरु र समाधानका बिषयमा ज्ञापनपत्र बुझाएका हुन ।

उक्त सघर्ष समितिले भारतिय दुधुवा नेशनल पार्कबाट आउने गरेका हात्तिहरुले किसानले लगाएको बाली नष्ट गर्नुका साथै घरसमेत भत्काउने गरेकोले यस बिषयमा प्रदेश सरकारले कुनै व्यवस्था नगरेको आरोप समेत लगाएका छन ।

दुधुवा निकुञ्ज वन्यजन्तु पिडित संघर्ष समिति जिल्ला कार्य समिति कञ्चनपुरका अध्यक्ष केशव प्रसाद तिमिल्सेनाले उक्त ज्ञापनपत्र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रि त्रिलोचन भट्टलाई बुझाउनुभयो ।

भारतिय सिमानाका सगै जोडिएकाले स्थानियले विभिन्न किसिमका समस्या भोक्दै आएका छन ।

सिमा नाकामा भारतिय एसएसबि को ज्यादती लुटपात सिमा नाकामा कतिपय नेपाली कुटाई खाने महिलाहरु असुरक्षित हुने जस्ता समस्या हुनेभएकोले प्रदेश सरकाले यस तर्फ ध्यान दिनुपर्ने सघर्ष समितिकी कोषध्यक्ष भुलिया रानाले बताउनुभयो ।

भारतिय निकुञ्ज तथा अन्य क्षेत्रका जङगली जनावरबाट हुने नोक्सानी, निर्माणाधिन भारतिय सडक र यसबाट पर्ने डुवान तथा कटान, जमिनको बैङ्क ग्यारेन्टी तथा धितोमा ऋण, सिमामा हुने कृयाकलापहरुमा स्थानिय बासीन्दाहरुले समस्या भोग्नु परेको गुनासो गरेका छन ।

ज्ञापन पत्र बुझदै मुख्यमन्त्रि भट्टले यी समस्याको केन्द्रसंग पहल गरेर समाधान गर्ने आश्वासन दिनुभयो ।