भारतमा फेरी २ हप्ता लकडाउन थप्ने तयारी

भारतमा फेरी २ हप्ता लकडाउन थप्ने तयारी

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि भारत सरकारले फेरी २ हप्ता लकडाउन बढाउने तयारी गरेको छ ।

शनिबार भारतका प्रधानमन्त्री नरेन्द मोदी र मुख्यमन्त्रीहरूबीच करिब चार घण्टा भएको छलफलमा लकडाउन थप्ने बिषयमा संवाद भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

भिडियो सम्मेलनमार्फत गरिएको छलफलका निष्कर्षहरूलाई औपचारिक रूपमा घोषणा नगरिए पनि लकडाउन बढाउने सहमति भएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्विटरमार्फत सार्वजनिक गरेका छन्।

पञ्जाबमा कांग्रेस सरकार तथा ओडिसा सरकारले ३० अप्रिलसँग लकडाउन बढाउने निर्णय गरिसकेका छन्। बाँकी राज्यले पनि मोदीलाई कमसे कम दुई हप्ता लकडाउन बढाउन सुझाव दिएका छन् ।