चीनमा फेरि देखियो कोरोनाको संक्रमण, ८ जना संक्रमित

चीनमा फेरि देखियो कोरोनाको संक्रमण, ८ जना संक्रमित

चीनले आफ्नो मुलुकमा कोरोना भाइरसको महामारी अन्त्य भएको घोषणा गरेको एक महिना नबित्दै त्यहाँ फेरि संक्रमण देखिन थालेको छ ।

कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको वुहानमा गत अप्रिल ३ तारिखयता यही २५ अप्रिलमा १४ जनामा संक्रमण देखिएकोमा शनिवार  फेरि ८ जना नयाँ संक्रमित देखिएका छन् ।

योसँगै त्यहाँ संक्रमित हुनेको कुल संख्या ८२ हजार ९४१ पुगेको छ । यसअघि शुक्रबार पनि त्यहाँ ४ जनामा संक्रमण देखिएको थियो ।

चीनमा अहिलेसम्म ७८ हजार २१९ जना संक्रमण मुक्त भएका छन् भने ८९ जना संक्रमितको उपचार भइरहेको छ । चीनमा ४ हजार ६३३ जनाको कोरोना भाइरसको संक्रमणकै कारण मृत्यु भएको छ।

अप्रिल महिना यता नयाँ संक्रमित देखिएपछि चीनले वुहानका सबै बासिन्दाको कोरोना भाइरसको परीक्षण गरिरहेको छ ।

कोरोना भाइरसको उद्भव मानिएको चीनको वुहानमा गत वर्षको डिसेम्बर ३१ देखि संक्रमण फैलिएको थियो ।