ब्राजिलमा कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या १५ हजार

ब्राजिलमा कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या १५ हजार

ब्राजिलमा कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ । 

ब्राजिलको स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १५ हजार ६३३ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा आठ सय १६ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो ।

 ब्राजिलमा निरन्तररुपमा कोरोना भाइरसका संक्रमित बढिरहेका छन् । अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसबाट दुई लाख ३३ हजार १४२ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा १४ हजार ९१९ नयाँ संक्रमित फेला परेका हुन् ।

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार ब्राजिल कोरोना भाइरसबाट सबैभन्दा प्रभावित हुने मुलुकको सूचीमा चौथो स्थानमा आइपुगेको छ । संक्रमित संख्यामा ब्राजिलले स्पेन र इटालीलाई पछि पारेको हो ।