क्वारेन्टाइनमा राखिएको एक ब्यक्तिको मृत्यु

क्वारेन्टाइनमा राखिएको एक ब्यक्तिको मृत्यु

 क्वारेन्टाइनमा राखिएको एक ब्यक्तिको मृत्यु भएको छ ।

बाँकेको नैरानपुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका एक जना पुरुषको मृत्यु भएको हो । मृत्यु भएका ब्यक्तिको स्वाब हिजो नै संकलन गरिसकेको छ ।

गत ३० मा भारतको मुम्बई देखि आएका मृतक युवालाई नरैनापुरको क्वारेन्टाइनमा राखिएको थियो र आज बिहान एक्कासी स्वास्थ्य अवस्था असामान्य भएपछि उपचारका लागी एम्बुलेन्स समेत बोलाइएको थियो तर एम्बुलेन्स आउनु अगावै उनको मृत्यु भएको नरैनापुरका स्वास्थ्य शाखा इन्चार्ज मोइन खानले बताएका छन् ।

मृतक पुरुष २५ बर्षका थिए । उनको कोरोनाको कारण मृत्यु भएको हो होईन स्वाब परिक्षणको नतिजा आएपछि मात्रै थाहा हुने खानले बताएका छन् ।