स्पेनमा २४ घण्टामा २ हजार १३८ जनामा कोरोना संक्रमण पुष्टि

स्पेनमा २४ घण्टामा २ हजार १३८ जनामा कोरोना संक्रमण पुष्टि

 

 स्पेनमा २४ घण्टामा थप २ हजार १३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ५०५ पुगेको छ । एकै दिन १०४ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २७ हजार ५६३ पुगेको छ ।

१ लाख ९२ हजार २५३ जना संक्रमणमुक्त भएका छन् भने ५६ हजार ६८९ जनाको उपचार भइरहेको छ ।