कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा ३ बेपत्ता

कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा ३ बेपत्ता

कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा त्यसमा सवार पाँच जनामध्ये दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमध्ये मोहन्याल गाउँपालिका १ बस्ने २१ वर्षीय बिर्षबहादुर रोका मगरको मात्र परिचय खुलेको छ ।

मोहन्याल गाउँपालिका–१ राक्साबाट डुंगामा कर्णाली नदी तरेर सुर्खेत चौकुने गाउँपालिका–२ धम्बुस्थित स्थानीय बजारबाट खाद्यान्न लिई पुनः कैलालीतर्फ फर्कने क्रममा डुंगा पल्टिएको हो ।

डुंगा दुर्घटना भएको खबर प्राप्त हुनासाथ तत्काल खटिएको स्थानीय प्रहरीले उनीहरूको खोजी गरिरहेको छ ।