कोरोना संक्रमणको आशंकामा सेती अस्पतालको आइसोलेसनमा कैलालीका चारजना भर्ना

कोरोना संक्रमणको आशंकामा सेती अस्पतालको आइसोलेसनमा कैलालीका चारजना भर्ना

धनगढी : धनगढीको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा कोरोना भाइरस संक्रमण आशंकामा चार जना भर्ना भएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का ३० वर्षीय पुरुष र कैलारी गाउँपालिका १ हसुलियाकी २७ वर्षीया महिला रहेका छन ।

भने त्यसैगरी उपमहानगरपालिका वडा नम्बर ५ का ३० वर्षीय पुरुष र उनकी २९ वर्षीया श्रीमती, अस्पतालको आइसोलेसनमा भर्ना भएका सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

उनीहरु सबै जनामा कोरोना भाइरसका लक्षण जस्तै समस्या देखिए पछि अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको हो । उनीहरु चारै जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएको छ । भने आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।