लिटिल फ्लावर प्रिमियर लिगको खेल तालिका सार्वजनिक

लिटिल फ्लावर प्रिमियर लिगको खेल तालिका सार्वजनिक

धनगढी : कार्तिक २७ गतेदेखि मंसिर ४ गतेसम्म धनगढीम हुने तेस्रो निष्ट कलेज लिटिल फ्लावर टि–२० प्रिमियर लिग क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । 

उद्घाटन खेलमा सिदार्थ सिसु सदन र निष्ट स्कुल भिडनेछन । सोमवार सार्वजनिक गरिएको खेल तालिका अनुसार सहभागी टोलिलाई विभिन्न ४ समुहमा राखेर प्रतिस्पर्धा गराईनेछ भने प्रत्येक समुहको विजेता टोलि सेमिफाइनल खेल्नेछ्न । 

सेमिफाइनल खेल अगामी मङ्सिर ३ गते हुनेछ्न भने फाईनल खेल मङ्सिर ४ गते हुने जनाईएको छ । 
देशका विभिन्न १२ टिमको सहभागितामा हुनलागेको उक्त क्रिकेट प्रतियोगिताको मुख्य आयोजकको रुपमा सस्कार क्रिकेट एकेडेमी धनगढी र व्यवस्थापनमा लिटिल फ्लावर बोर्डिङ स्कुल धनगढी रहेको छ भने प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा निस्ट कलेज लैनचोर काठमाडौ रहेको छ । 

धनगढी स्थित अञ्चल प्रहरी कार्यालयको खेलमैदानमा हुने प्रतियोगिताक विजेता टोलिले एक लाख ११ हजार १ सय ५१ तथा उपविजेता टोलिले नगद ५५ हजार ५ सय ५५ सहित ट्रफी र प्रमाणपत्र पाउने भएको छ भने प्रतियोगिताको म्यान अफ द सिरिजलाई नगद १० हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान र इमर्जिङ प्लेयरलाइ ५÷५ हजार प्रदान गरिने आयोजकले बताएको छ । 

टि–२० फर्म्याटमा हुने उक्त प्रतियोगितामा १९ वर्ष मुनिका खेलाडीहरुको सहभागीता रहने छ भने प्रत्येक टिमले बिद्यालय बाहिर बाट ५–५ जना खेलाडीलाई समेत टिममा सहभागी गराउन पाउने भएका छन ।