भारतमा 'लकडाउन' मे ३१ सम्म लम्बियो

भारतमा 'लकडाउन' मे ३१ सम्म लम्बियो

कोरोना सङ्क्रमणको अवस्थालाई ध्यानमा राख्दै भारतमा लकडाउनको अवधि आउँदो मे ३१ सम्म लम्ब्याइएको छ । 

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले सबै केन्द्रीय र राज्य मन्त्रालय विभाग र प्राधिकरणलाई आउँदो मे ३१ सम्म देशैभर लकडाउनको अवधि बढाउन निर्देशन दिएको हो । 

एनडीएमएले सरकारसँग कोरोना भाइरसको सङ्क्रमण रोक्नको लागि यो लकडाउनलाई विपद् प्रबन्धन कानुन ९२००५० को अनुसार बढाउनुपर्ने बताएको छ ।  

साथै एनडीएमएले आर्थिक गतिविधि खोल्न योग्य बनाउन लकडाउनको दिशानिर्देशमा सुधार गर्न नेशनल एक्जिक्युटिभ कमिटीलाई निर्देशन दिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार यसबारेमा नयाँ दिशानिर्देश चाँडै नै सार्वजनकि गर्ने जनाएको छ । 

भारतमा अहिलेसम्म ९० हजार नौ सयभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा दुई हजार आठ सय ७२ जनाको ज्यान गएको छ । त्यस्तै ३४ हजार एक सय नौ जना उपचारपछि निको भएका छन् ।