भारतमा ९५ हजारमा कोरोना भाइरसको संक्रमण, मृतक संख्या ३ हजार नाघ्यो

भारतमा ९५ हजारमा कोरोना भाइरसको संक्रमण, मृतक संख्या ३ हजार नाघ्यो

भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार २५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १५४ जनाको मृत्यु भएको छ । एकै दिन थप ५ हजार ५० जनामा संक्रमण देखिएको छ ।

योसँगै भारतमा कुल संक्रमितको संख्या ९५ हजार ६९८ पुगेको छ । कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म कायमै राख्ने निर्णय गरेको छ ।