ब्राजिलमा कोरोना भाइरसबाट १६ हजारभन्दा बढीको मृत्यु

ब्राजिलमा कोरोना भाइरसबाट १६ हजारभन्दा बढीको मृत्यु

विश्वमा साढे चार महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा १६ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ४८५ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १६ हजार ११८ पुगेको छ । एकै दिन ७ हजार ९३८ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या २ लाख ४१ हजार ८० पुगेको छ ।

१ लाख ३० हजार ८४० जनाको उपचार भइरहेको छ भने ९४ हजार १२२ जना संक्रमण मुक्त भएका छन् । उपचारारतमध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको छ ।