चीनमा फेरि भेटिए कोरोना भाइरसका संक्रमित

चीनमा फेरि भेटिए कोरोना भाइरसका संक्रमित

चीनमा आइतबार पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् । कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको वुहानमा शुक्रबार यता नयाँ संक्रमित भेटिएका हुन् ।

आइतबार त्यहाँ ६ जना नयाँ संक्रमित भेटिएका हुन् । यसअघि शनिबार ८ जना र शुक्रबार ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

गत अप्रिल ३ तारिखयता यही २५ अप्रिलमा १४ जनामा संक्रमण देखिएको चीनमा शुक्रबारदेखि पुनः संक्रमण देखिन थालेको हो ।

योसँगै त्यहाँ संक्रमित हुनेको कुल संख्या ८२ हजार ९४७ पुगेको छ । चीनमा अहिलेसम्म ७८ हजार २२७ जना संक्रमण मुक्त भएका छन् भने ८७ जना संक्रमितको उपचार भइरहेको छ ।

कोरोना भाइरसको उद्भव मानिएको चीनको वुहानमा गत वर्षको डिसेम्बर ३१ देखि संक्रमण फैलिएको थियो ।