कोरोना संक्रमितको संख्या अमेरिकापछि रुसमा धेरै, २ लाख ८१ हजारमा संक्रमण

कोरोना संक्रमितको संख्या अमेरिकापछि रुसमा धेरै, २ लाख ८१ हजारमा संक्रमण

विश्वमा साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट रुसमा २ लाख ८१ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् ।

संक्रमित हुनेको यो संख्या युरोपकै सबैभन्दा धेरै र विश्वमा अमेरिकापछिको दोस्रो हो । १५ दिनअघिसम्मै संक्रमितको संख्या १ लाखभन्दा तल रहेको रुसमा योबीचमा संक्रमित संख्या दैनिक औषत १० हजारको दरले बढ्दै २ लाख ८१ हजार ७५२ पुगेको हो ।

पछिल्लो २४ घण्टामा ९४ जनाको मृत्यु भएको भने ९ हजार ७०९ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ मृत्यु हुनेको संख्या २ हजार ६३१ पुगेको छ ।

२ लाख ११ हजार ७४८ जनाको उपचार भइरहेको छ भने ६३ हजार ३७३ जना संक्रमणमुक्त भएका छन्।