केआईसिंह गाउँपालिकाले सञ्चालन गर्‍यो सुपथ मूल्य पसल

केआईसिंह गाउँपालिकाले सञ्चालन गर्‍यो सुपथ मूल्य पसल

डोटी : तिहारको अवसरमा यहाँको केआईसिंह गाउँपालिको सुपथ मूल्य पसल सञ्चालन गरेको छ । सस्तो मूल्यमा चिनी र नुन उपलव्ध गराउने उद्देश्यका साथ गाउँपालिकामा सपल सञ्चालनमा ल्याएको हो ।

गाउँपालिकाका पाँच स्थानमा सञ्चालन भएका सुपथ मुख्य पसलहरुबाट प्रति परिवार पाँच किलो चिनी र तीन किलो नुन सुपथ मुख्यमा उपलव्ध गराइने भएको छ ।


चिनी प्रतिकिलो ६० रुपैयाँ र नुन प्रतिकिलो ८ रुपैयाँमा गाउँपालिकावासीहरुलाई उपलव्ध गराउने गरी पसलहरु स्थापना गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

सोमवार वडा नं  ४ मा स्थापना भएको सुपथ मुख्य पसलको उद्घाटन गर्दै शाहीले भन्नुभयो   ‘यि पसलहरु कात्तिक २७ गतेसम्म सञ्चालन हुनेछन् ।’गाउँपालिकाले सुपथ मुख्य पसलका लागि ७ लाख रुपैयाँ बिनियोजन गरेको शाहीले जानकारी दिनुभयो ।

गाउँपालिकाभित्र रहेका करिब चार हजार तीन सय परिवारलाई लक्षित गरी पसलहरु सञ्चालनमा ल्याइएका छन् । पसलहरु सञ्चालन गर्नका लागि स्थानीय सहकारी संस्थाहरुलाई जिम्मा दिएको शाही बताउँछन् ।

वडा नं। १ र २ का लागि तिखात्तर, वडा नं। ३ का लागि बासुदेवी, वडा नं। ४ का लागि वायल, वडा नं। ५ का लागि रानागाउँ र वडा नं। ६ र ७ का लागि भूमिराजमाण्डौंमा पसल स्थापना गरिएको शाहीले जानकारी दिनुभयो।

शाहीका अनुसार तिखात्तरमा सन्तोषी बचत तथा ऋण सहकारी संस्था, बासुदेवीमा गोदावरी बचत तथा ऋण सहकारी संस्था, दुर्गामाण्डौं महिला ऋण तथा बचत सहकारी संस्था, रानागाउँमा ईनोभेटिभ बचत तथा सहकारी संस्था र भूमिराजमाण्डौंमा नव बिहानी बचत तथा ऋण सहकारी संस्थाले पसल सञ्चालनको जिम्मेवारी पाएका छन् ।

गाउँपालिकाले दुई सय १५ टन चिनी र एक सय २९ टन नुन खरीद गरी सहकारी संस्थाहरुलाई उपलव्ध गराएको छ । ती सहकारी संस्थाहरुले सुपथ मुख्य पसलबाट सामग्री बिक्री गरिदिए वाफत प्रतिकिलो पाँच रुपैयाँ अनुदान पाउने गाउँपालिकाले जनाएकाको छ ।साभार : अनलाइनखबर