कोरोनाको संक्रमणबाट जोगिन औषधि खान थाले अमेरिकी राष्ट्रपति ट्रम्प

कोरोनाको संक्रमणबाट जोगिन औषधि खान थाले अमेरिकी राष्ट्रपति ट्रम्प

कोरोना भाइरसको संक्रमणबाट जोगिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औषधि खान सुरू गरेका छन् ।

ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट जोगिन आफूले मलेरिया तथा लुपसको औषधि हाइड्रोक्सिक्लोरोक्वीन खान थालेको बताएका हुन् ।

जबकी हाइड्रोक्सिक्लोरोक्वीनले कोरोना भाइरससँग लड्छ वा त्यसविरुद्ध काम गर्छ भन्ने अहिलेसम्म वैज्ञानिक प्रमाण फेला परिसकेको छैन ।

वैज्ञानिकहरुले प्रभावकारिता पुष्टि नगरेको र गम्भीर ‘साइड इफेक्ट’ हुन सक्ने बताइरहेको हाइड्रोक्सिक्लोरोक्वीन औषधि कोरोना भाइरसको उपचारमा प्रयोग गर्न थालि सकिएको समेत उनले दाबी गरेका छन् ।