ब्राजिलमा २ लाख ५४ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

ब्राजिलमा २ लाख ५४ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

विश्वमा साढे चार महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा १६ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ६७४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १६ हजार ७९२ पुगेको छ ।

एकै दिन १३ हजार १४० जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या २ लाख ५४ हजार २२० पुगेको छ ।

१ लाख ३६ हजार ९६९ जनाको उपचार भइरहेको छ भने १ लाख ४५९ जना संक्रमण मुक्त भएका छन् । उपचारारतमध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको छ ।