बेलायतमा २ लाख ४६ हजारमा कोरोना भाइरसको संक्रमण

बेलायतमा २ लाख ४६ हजारमा कोरोना भाइरसको संक्रमण

विश्वमा साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३४ हजार ७९६ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म त्यहाँ एकै दिन १६० जनाको मृत्यु भएको छ भने २ हजार ७११ जना संक्रमित भएका छन् ।


योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २ लाख ४६ हजार ४०६ पुगेको छ ।