रुसमा २ लाख ९० हजारमा कोरोना भाइरसको संक्रमण

रुसमा २ लाख ९० हजारमा कोरोना भाइरसको संक्रमण

साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसबाट  रुसमा २ लाख ९० हजारभन्दा बढी संक्रमित भएका छन् ।

यो संख्या युरोपकै सबैभन्दा धेरै र विश्वमा अमेरिकापछिको दोस्रो । त्यहाँ एकै दिन ८ हजार ९२६ जनामा संक्रमण देखिएको छ । योसँगै २ लाख ९० हजार ६७८ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा ९१ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २ हजार ७२२ पुगेको छ । २ लाख १७ हजार ७४७ जनाको उपचार भइरहेको छ भने ७० हजार २०९ जना संक्रमणमुक्त भएका छन्।