दक्षिण सुडानका उपराष्ट्रपति दम्पतीमा कोरोना भाइरसको संक्रमण

दक्षिण सुडानका उपराष्ट्रपति दम्पतीमा कोरोना भाइरसको संक्रमण

दक्षिण सुडानका उपराष्ट्रपति रिक माशर दम्पतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।समाचार संस्था रोयटर्सका अनुसार माशर उनकी उनकी पत्नी एजेलिना टेनीलाई कोरोना संक्रमण पुष्टि भएको हो । उपराष्ट्रपति माशरकी पत्नी एजेलिना दक्षिण सुडानको रक्षामन्त्रीसमेत हुन् ।

कोभिड–१९ टास्क फोर्सका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि उपराष्ट्रपति माशरलाई पनि यही मे १३ मा गरिएको परीक्षणमा  संक्रमण पुष्टि भएको हो ।

दक्षिण सुडानमा अहिलेसम्म २९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ४ जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ ।