कोरोना भाइरसले खाडी मुलुकमा ७१४ को मृत्यु, १ लाख ४० हजारभन्दा बढी संक्रमित

कोरोना भाइरसले खाडी मुलुकमा ७१४ को मृत्यु, १ लाख ४० हजारभन्दा बढी संक्रमित

लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ७१४ जनाको मृत्यु भएको छ भने १ लाख ४० हजार ७५८ जना संक्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ३२० जनाको मृत्यु भएको छ । त्यहाँ ५४ हजार ३४५ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा २२४ जनाको मृत्यु भएको छ भने २४ हजार १९० जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा ११८ जनाको मृत्यु भएको छ भने १५ हजार ६९१ जना संक्रमित भएका छन् ।

यस्तै ओमानमा २५ जनाको मृत्यु भएको छ भने ५ हजार ३७९ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कतारमा १५ जनाको मृत्यु भएको छ भने ३३ हजार ९६९ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा १२ जनाको मृत्यु भएको छ । त्यहाँ ७ हजार १८४ जना संक्रमित भएका छन् ।

बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।