इटालीमा २ लाख २५ हजारमा कोरोना भाइरसको संक्रमण

इटालीमा २ लाख २५ हजारमा कोरोना भाइरसको संक्रमण

इटालीमा २ लाख २५ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणबाट इटालीमा २४ घण्टामा ९९ जनाको मृत्यु भएको छ ।

योसँगै इटालीमा मृतकको संख्या ३२ हजार ७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४५१ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख २५ हजार ८८६ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये १ लाख २७ हजार ३२६ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ६६ हजार ५५३ जनामध्ये ७४९ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।